काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव २९ अंकले घटेर २,५९६ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ८ दशलमव ११ प्रतिशतका दरले कमाएका छन् ।


















