काठमाडौं । आज नेप्से परिसूचक १२ दशलमव १७ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।


















