काठमाडौं । नेप्से परिसूचक २७ दशमलव ६४ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । फर्स्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ९ दशलमव २० प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।


















