काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ८९ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















