काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशलमव ७३ अंकले घटेर २,६५८ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । प्रभु स्मार्ट फन्डका इकाईधनीले ४ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डभेलपमेन्ट बैंकका लगानीकर्ताले साढे ३ प्रतिशतका दरले कमाएका छन् ।


















