काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ९६ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ८ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमाका लगानीकर्ताले ६ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।


















