काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ५८ अंकले घटेर २,६४७ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चरका इकाईधनीले ५ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले पनि ५ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।


















