काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ५५ अंकले घटेर २,६०४ को विन्दूमा कायम भएको छ । आज जम्मा १६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ऋणपत्र २०८८ का इकाईधनीले ९ दशमलब ११ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।


















