काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशलमव ४७ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।