काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३२ दशलमव २१ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ८० प्रतिशतका दरले कमाएका हुन् । ज्योति विकास बैंकका लगानीकर्ताले ३ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।