काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ४४ अंकले घटेर २,६६६ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल माइक्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।