काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ०५ अंकले घटेर २,५८२ को विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् । एबिएल डिबेञ्चरका इकाईधनीले ४ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
