काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ५२ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मात्रै घटेको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २९ प्रतिशतका दरले कमाएका हुन् । पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ६ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् ।