IME Life New

बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हटेको छ।

नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा तेस्रो संशोधन गर्दै दफा (४)को उपदफा (६) र (७)मा रहेको प्रावधान हटाएको हो। यसअघि निर्देशिकाको दफा (४)को उपदफा (६) मा बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको थियो। स्वदेशी पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई २४ घन्टाभित्र जबाफ पठाउनुपर्ने व्यवस्था पनि थियो।

Esewa
Crest

यसैगरी संशोधित निर्देशिकामार्फत पुनर्बीमकले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्य गर्न सक्ने (४)को उपदफा (७) मा प्रावधान पनि हटाइएको छ।

प्राधिकरणले निर्देशिकाको दफा ८ मा रहेको पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्ने प्रावधानमा पनि संशोधन गरेको छ। अब बीमकले निर्देशिकाको दफा (७) को उपदफा (१) को अधीनमा रही ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) स्वेदशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ।

दफा (७) को उपदफा (१) भएको व्यवस्था

यसरी प्रत्यक्ष हिस्सा प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

त्यस्तै बीमा कम्पनीले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमाबाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमै सतप्रतिशत पुनर्बीमा गर्नुपर्नेछ। त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ।

संशोधनमार्फत अब यो निर्देशनलाई पुनर्बीमक (तेस्रो संशोधन) निर्देशिका, २०८३ भनिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS