IME Life New

स्वास्थ्य बीमा नवीकरण नगरेका बीमित परिवारलाई राहात, असोजसम्म गर्दा थप शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा नवीकरण नगरेका बीमित परिवारलाई राहात दिएको छ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा विगतमा स्वास्थ्य बीमा गरी नवीकरण गरेका सम्पूर्ण बीमितलाई आउँदो असोज मसान्तसम्ममा बीमा नवीकरण गरेमा एकपटकका लागि थप शुल्क नलाग्ने व्यवस्था गरेको हो। बोर्डले आज एक सूचना प्रकाशित गरी अनलाइन प्रणाली (ई–सेवा, कनेक्ट आईपीएस वा खल्ती) वा दर्ता सहयोगीमार्फत आउँदो असोज ३१ गतेसम्ममा अनिवार्य स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह पनि गरेको छ।

Esewa
Crest

उक्त अवधिपछि म्याद गुजारी नवीकरण गर्ने बीमित परिवारलाई थप विलम्ब शुल्क लाग्ने बोर्डले जनाएको छ।

यस्तो विलम्ब शुल्कको व्यवस्था

  • बीमालेखको म्याद कटाइ ३ महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत रकम थप गरी हुने रकम।
  • त्यसपछि ६ महिनाभित्रमा नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत रकम थप गरी हुने रकम।
  • ६ महिनादेखि १ वर्षभित्रमा नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत रकम थप गरी हुने रकम।
  • एक वर्षपछि नवीकरण गरेमा सतप्रतिशत रकम थप गरी हुने रकम।
  • दुई वर्षपछि नवीकरण गरेमा योगदान रकमको तीनगुणाबराबरको रकम।
  • तीन वर्षपछि नवीकरण गरेमा योगदान रकमको चारगुणाबराबरको रकम।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS