IME Life New

भारतको महाराष्ट्रमा ५ दिने गणेश चतुर्थी महोत्सवका लागि झण्डै भारू ५ अर्बको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको महाराष्ट्रमा उत्सवका रूपमा मनाइने गणेश चतुर्थीका अवसरमा हुने गणेश रथयात्राका लागि आयोजक संस्थाले झण्डै ५ अर्ब भारतीय रूपैयाँ (८ अर्ब रूपैयाँ) बीमाङ्कको बीमालेख गराएको छ।

गणेश मण्डलका रूपमा चिनिने जिएसबी सेवा मण्डलले ४ अर्ब ७४ करोड ७६ लाख भारतीय रूपैयाँ बराबरको जोखिमको बीमा गराएको हो। गत वर्ष ४ अर्ब भारू बराबरको बीमा गरिएको थियो।

Esewa
Crest

अबको पाँच दिनपछि अगस्त २७ तारेखदेखि सियनको किङ्गस सर्कलमा शुरू हुने यो महोत्सव ५ दिनसम्म जारी रहनेछ। महोत्सवका अवसरमा ६९ किलो सुन, ३३६ किलो चाँदी र अन्य बहुमूल्य गहना सहित गणेशमूर्ती सिङ्गारिने जिएसबी सेवा मण्डलका अध्यक्ष अमित पाइले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ।

विगत ६१ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो गणेश महोत्सव सञ्चालन गर्ने संस्था जिएसबी सेवा मण्डल भारतमै सबैभन्दा धनी धार्मिक मण्डली मानिएको छ।

बीमा जोखिममा समावेश गरिएकोमध्ये सुन चाँदी र अन्य गहनाका लागि ६७ करोड ३ लाख भारू, स्वयमसेवक, पूजारी, भान्से, चप्पल संकलन केन्द्रका कामदार, पार्किङ स्थल र सुरक्षा गार्डका लागि ३ अर्ब ७५ करोड भारू र सार्वजनिक दायीत्वका लागि ३० करोड भारू बराबरको जोखिम समेटिएको छ।

यसबाहेक बीमालेखमा आगलागी र अन्य कारणबाट फर्निचर, डिजिटल सम्पत्ती र अन्य धनमालमा हुने जोखिम समेत समेटिएको छ।

पाइले हरेक वर्ष जिएसबी सेवा मण्डलले गरिब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा हासिल गर्न समेत सहयोग गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS