IME Life New
GBIME

‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ आयोजना गर्दै बीमा दोकान

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दोकान प्रालिले आगामी नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) आयोजना गर्ने भएको छ । सबै बीमा कम्पनीहरुमा आपसी सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यका साथ बीमा दोकानले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ यस प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ ।

उक्त प्रतियोगिता नयाँ वर्ष २०८२ सालको वैशाख ७ र ८ गते हुने जनाइएको छ । उक्त प्रतियोगिता काठमाण्डौं कालोपुल स्थित धन्वनतरिमा आयोजना हुनेछ । यस प्रतियोगितामा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुजीवन तथा लघु निर्जीवन बीमा कम्पनी र बीमा प्राधिकरणले भाग लिन पाउनेछन् ।

Crest

अल नेपाल फुटबल एशोसियसन (एन्फा) को टेक्निकल सहयोग रहेको उक्त प्रतियोगिताको पेमेन्ट पार्टनरमा माईपे र फुड पार्टनरमा साकुरा फुड रहेको छ ।

उक्त आयोजनामा प्रथम पुरस्कार ३५ हजार र द्वितीय पुरस्कार १५ हजार निर्धारण गरिएको छ ।

निर्मा, एस्पिरिट एजुकेसन, आई स्मार्ट सहयोगी संस्थाहरू रहने उक्त प्रतियोगितामा इन्स्योरेन्स खबर, बीमा पोस्ट, ऐना खबर, नेपाल मन्च, आर्थिक भ्वाईस र बैकिङ्ग समाचार मिडिया पार्टनरको रूपमा रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS