IME Life New

इन्स्योरेन्स खबर प्रभावः इन्स्योरेन्स इन्स्टिच्युटको सीईओबाट बाहिरिए सुवेदी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा बढुवा भइसक्दासमेत इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा रहेका सुशीलदेव सुवेदी जिम्मेवारीबाट बाहिरिएका छन्।

कार्यकारी अधिकृत पदमा बढुवापछि पनि इन्स्टिच्युटमा सीईओ पदमा कायमै रहेको विषयलाई लिएर इन्स्योरेन्स खबरले नियामकको ध्यानाकर्षण गराएपछि सुवेदी जिम्मेवारीबाट बाहिरिएका हुन्। प्राधिकरणको कार्यकारी निर्देशक इन्स्टिच्युटको सञ्चालक समिति अध्यक्ष हुने प्रावधानका कारण उनलाई अहिले अध्यक्ष पदमा मनोनयन गरिएको छ।

Esewa
Crest

तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलको गत असार महिनामा अनिवार्य अवकाशपछि इन्स्टिच्युटको अध्यक्ष पदको जिम्मेवारी शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सम्हालेका थिए। सुवेदी प्राधिकरणको कार्यकारी निर्देशक पदमा बढुवा भएको जानकारी प्राधिकरणले इन्स्टिच्युट सञ्चालक समितिलाई गराएपछि इन्स्टिच्युटको सञ्चालक समितिले पदेन अध्यक्षका रुपमा सुवेदीको स्वागत गर्दै बधाइ ज्ञापन गरेको थियो।

सुवेदी २०८१ चैत १ गतेदेखि प्राधिकरणको कार्यकारी निर्देशक पदमा बढुवा भए पनि चैत्र १० गतेसम्म उनी इन्स्टिच्युटको सीईओको हैसियतमा कार्यरत थिए। इन्स्टिच्युटको वेबसाइटमा सञ्चालक समिति अध्यक्ष पाण्डे र सीईओ सुवेदी उल्लेख थियो। इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेलगत्तै सुवेदीको फोटो र नाम व्यवस्थापन समूहबाट हटाइएको थियो।

बीमा प्राधिकरणको छायामा फस्टाउन नसकेको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल

सुवेदी अध्यक्ष पदमा मनोनित भएसँगै इन्स्टिच्युटमा सीईओ पद रिक्त हुन पुगेको छ। इन्स्टिच्युटमा सीईओ नियुक्त नहुँदासम्म प्रशासनिक र व्यवस्थापकीय कार्य सञ्चालनका लागि निमित्त सीईओ तोक्ने प्रावधान नभएकाले सुवेदी नै ‘बेतलबी सीईओ’ को हैसियतमा काम गर्ने अवस्था छ।

तत्कालीन सीईओ भोजराज शर्माको अनिवार्य अवकाशपछि २०८० साउन १ गतेदेखि सुवेदीले इन्स्टिच्युटमा सीईओ पदको जिम्मेवारी सम्हालेका थिए। त्यसयता गत चैत १० गतेसम्म उनी प्राधिकरणको कार्यकारी निर्देशक र इन्स्टिच्युटको सीईओ समेत दोहोरो जिम्मेवारीमा थिए।

यसअघि तत्कालीन सीईओ शर्माको सेवा अवधि पूरा भइसक्दा पनि उनी सीईओ पदमा कायमै रहेको समाचार इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि प्राधिकरणले शर्मालाई बिदाइ गरेको थियो। हाल उनी इन्स्टिच्युटको स्रोतव्यक्तिका रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS