IME Life New

एसिया प्रशान्तमा बीमा विस्तार तीव्र, अबको ८ वर्षमा १.८७ ट्रिलियन डलरको वैश्विक बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय एसिया प्रशान्त क्षेत्रमा बीमाको विस्तार तीव्रगतिमा भइरहेको छ। एसिया प्रशान्त क्षेत्रकै जोडबलमा वैश्विक बीमा बजारको आकार पनि बढ्न थालेको छ।

मार्केट रिचर्स फ्युचरले अबको ८ वर्षमा वैश्विक बीमा बजार १.८७ ट्रिलियन डलरको हुने अनुमान गरेको छ। सन् २०२४ देखि २०३२ सम्म ८.८ प्रतिशतको वार्षिक वृद्धिदरका हिसाबले वैश्विक बीमा बजारको आकार बढ्ने प्रक्षेपण गरिएको हो।

Esewa
Crest

मार्केट रिचर्स फ्युचरका अनुसार सन् २०२३ मा वैश्विक बीमा बजारको आकार ८५६.७६ बिलियन डलरको रहेको छ। सन् २०२४ देखि २०३२ सम्म बजारको आकार बढेर १.८७ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ।

नियामकीय प्रावधान, बढ्दो व्यापार जोखिम र बीमाको माग बढ्नुले बीमा बजारको आकार पनि बढ्न थालेको हो। बीमा बजारको विस्तार बढ्नुमा एसिया प्रशान्त क्षेत्रको भूमिका महत्वपूर्ण रहेको देखिएको छ।

विश्वका सरकारहरुले बीमाको पहुँच विस्तार र समयानुकूल बीमा योजना ल्याउन कडा नियामकीय व्यवस्था लागू गरेका छन्। बीमा क्षेत्रमा नवीन प्रविधि र एआईको प्रयोगलाई पनि सरकारहरुले जोड दिइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS