IME Life New

एसियामा स्वास्थ्य बीमाको लागत घटाउन बीमा कम्पनीहरुको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाका बीमा कम्पनीहरुले स्वास्थ्य सेवालाई सजिलो र किफायती बनाउन स्वास्थ्य बीमाको लागत घटाउन आग्रह गरेका छन्। किनकि धेरैजसो बिरामीले स्वास्थ्य बीमाको उच्च लागत, बीमा पहुँचमा भ्रम र स्पष्ट जानकारीको अभावका कारण उपचारमा ढिलाइ गरिरहेका छन्।

प्रुडेन्सियल पीएलसीले ‘बिरामीको आवाजः एसियामा स्वास्थ्य सेवा पहुँचको अनुभव’ शीर्षकको अध्ययनले सन् अप्रिल र मे बीच हङकङ, इन्डोनेसिया, मलेसिया र सिंगापुरमा ४ हजार २०० भन्दा बढी बिरामीसँग सर्भेक्षणले यस्तो देखाएको हो। प्रतिवेदनले ८० प्रतिशतभन्दा बढी उत्तरदाताले उपचारमा ढिलाइ भएको स्वीकार गरेका छन्। जसको प्रमुख कारण आर्थिक चिन्ता रहेको छ।

Esewa
Crest

सर्भेक्षणमा सहभागी एक तिहाइले चिकित्सा उपचार प्रायः अपेक्षाभन्दा महँगो हुने गरेको मत जाहेर गरेका छन्। जब कि लगभग आधाले उपचार खर्चले परिवारमा आर्थिक भार परेको बताएका छन्।

इन्डोनेसियामा ९३ प्रतिशत बिरामीले आर्थिक अभावका कारण उपचार स्थगित गरेको बताएका छन्। उनीहरुले स्वास्थ्य सेवा प्रणालीमा कठिनाइहरुबारे पनि औँल्याएका छन्।

सर्भेक्षणमा सहभागी आधाभन्दा बढीले उपचार कहाँ लिने भनेर थाहा नभएको प्रतिक्रिया दिएका छन्। जब कि लगभग ६० प्रतिशतले स्वास्थ्य बीमाको सुविधा लिन लामो समय पर्खिनुपर्ने, अपोइन्टमेन्ट सुरक्षित गर्न कठिनाइ हुने र बिलिङ तथा बीमा जटिलताका कारण सामान्य चिकित्सकलाई भेट्न असुविधाजनक हुने गरेको बताएका छन्।

एसियामा स्वास्थ्य बीमाको जानकारी अभाव अर्को चिन्ताको विषय बनेको छ। सवेक्षणमा सभागी ५५ प्रतिशत उत्तरदाताले उपचार निर्णय गर्न उचित मार्गदर्शन नपाएको बताएका छन् र लगभग ४० प्रतिशतले रोग निदानपछि कृत्रिम बुद्धिमत्ता (एआई)सहित डिजिटल उपकरणको सहारा लिएका छन्।

प्रुडेन्सियल हेल्थका सीईओ अर्जन तुरका अनुसार बीमा कम्पनीहरुले लागत पारदर्शीता सुधार गरेर, प्रक्रिया सरल बनाएर र बिरामीलाई उपचार अवधिभर सहयोग प्राप्त गर्ने सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS