IME Life New

बीमितलाई सम्झौताबमोजिमको सेवा उपलब्ध नगराएपछि स्वास्थ्य संस्थालाई बीमा बोर्डले दियो कारबाहीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा बोर्डले बीमितलाई सम्झौताबमोजिमको सेवा उपलब्ध नगराएको भन्दै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई कारबाहीको चेतावनी दिएको छ।

बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाले विभिन्न कारण देखाएर बीमितलाई बीमा बोर्डसँग भएको सम्झौताबमोजिम सेवा उपलब्ध नगराएको भनी समाचार प्रकाशित भइरहेका छन्’, परिपत्रमा भनिएको छ, ‘यसबारे बीमितको गुनासो समेत बीमा बोर्डमा प्राप्त भइरहेको छ।’

Esewa
Crest

सेवा प्रदायक स्वास्थ्य संस्थाले सम्झौताबमोजिम नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बीमा बोर्डले निर्देशन दिएको छ। ‘सम्झौताबमोजिमको कार्य नभएमा स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ बमोजिम कारबाही हुनेछ’, परिपत्रमा चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS