IME Life New

भारतमा आतंकवाद बीमा पुलको बीमा दर १० प्रतिशतले सस्तियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय पुनर्बीमक जिआइसी रिले अप्रिल १ देखि लागू हुने गरी आतंकवाद बीमाका लागि बीमाशुल्क दर १० प्रतिशतका दरले कटाैती गर्ने भएको छ। पुनर्बीमक र पुलमा सहभागि अन्य सदस्यहरूले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी बीमाशुल्क दर घटाउने निर्णय गरेका हुन् ।

एशियनइन्स्योरेन्स पोष्टका अनुसार पुनर्बीमकले सम्पत्ति र अग्नि बीमाको लागि भारतीय कम्पनीको पुनर्बीमा दरहरू अप्रिल १ देखि बढाउन सक्ने संभावना छ। मार्च २१ मा जारी गरिएको जिआइसी रिको परिपत्रमा, आतंकवाद बीमाका लागि आवासीय, गैर-आवासीय र औद्योगिक सहित सबै खण्डहरूमा बीमाशुल्क दरहरू कटौती गरिएको छ।

Esewa
Crest

सम्पत्ति बीमालेख अन्तर्गत सुरक्षण गरिएको आतंकवाद जोखिमको बीमामा पूल लागू हुन्छ। हाल, पूलले प्रस्ताव गरेको क्षमता प्रति स्थान भारु २००० करोड छ, भविष्यमा त्यो स्तरमा जारी रहनेछ, यद्यपि कम्पनीहरूले सुरक्षाको प्रत्याभूति प्राप्त गर्नको लागि भुक्तानी गरेको बीमाशुल्क दर घट्नेछ।

पुलले तिरेको दाबी उल्लेखनीय रूपमा घटे पनि बीमाशुल्क दरहरू धेरै वर्षदेखि अपरिवर्तित रहँदै आएको छ। जिआसि रि र पूलका अन्य सदस्यहरूले बीमाशुल्क घटाउन गरेको निर्णयलाई भारतीय बीमा नियामकले पनि अनुमोदन गरेको छ।

वर्ष भरमा भारू १६ अर्ब ५५ करोड कुल बीमाशुल्क संकलन गरेको पुलको लागि दाबी अनुपात आर्थिक वर्ष २०२४ मा जम्मा ०.२१ प्रतिशत थियो। त्यस्तै, भारू १८ अर्ब ९ करोड रुपैयाँको प्रिमियमको साथ, पुलको आर्थिक वर्ष २०२३ मा केवल ०.१३ प्रतिशत दाबी अनुपात थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS