IME Life New

भारतीय जीवन बीमकको नयाँ व्यापारमा ५ प्रतिशतको झिनो अन्तरको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा बजारले गत मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२४ मा नयाँ बीमा व्यवसायवापतको बीमाशुल्क संकलमा ५.१ प्रतिशतको झिने प्रगती हासिल गरेका छन् । जीवन बीमा परिषद्ले प्रकाशन गरेको तथ्यांक अनुसार, जीवन बीमकले गत वर्ष कुल ३.९७ लाख करोड भारू बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन्।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, अघिल्लो आर्थिक वर्षमा जीवन बीमकले कुल ३.७७ लाख करोड भारू बीमाशुल्क आम्दानी गरेका थिए। यस वर्षको नयाँ बीमालेख बिक्रीवापतको आम्दानी २० लाख करोड भारूले बढेको छ।

Esewa
Crest

परिषद्का अनुसार,जीवन बीमकमध्ये कारोबार रकम र बीमालेख संख्याको आधारमा सरकारी स्वामित्वको जीवन बीमा निगम(एलआइसी)को अग्रता गत वर्ष पनि कायमै रह्यो।

व्यक्तिगत एकल बीमाशुल्क र र व्यक्तिगत गैर-एकल बीमाशुल्क सहित व्यक्तिगत नयाँ व्यवसाय बीमाशुल्क, एक वर्ष अघिको १.४९ लाख करोड भारूको तुलनामा बढेर १.६६ लाख करोड भारू पुगेको छ। यो खण्डमा बीमा कम्पनीहरूले ११ प्रतिशतले व्यापार बढाएका छन् ।

यद्यपि, भारतीय जीवन बीमा कम्पनीले बेचेका बीमालेखको संख्या गत आर्थिक वर्ष २०२५ मा ७.३९ प्रतिशतले घटेर २७०.६३ करोडमा झरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०२४ मा २,९२.२२ करोड थियो।

अक्टोबर १, २०२४ देखि लागू हुने नयाँ समर्पण मूल्य मापदण्डहरू लागू भएकाले आर्थिक वर्ष २०२५ मा भारतीय जीवन बीमा निगमको कुल बीमालेख संख्या झण्डै १३ प्रतिशतले घटेर १.७८ करोड करोडमा झरेको छ। जुन आर्थिक वर्ष २४ मा २.०४ करोड थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS