काठमाडौं । विभिन्न देशबाट मुलुकमा एक वर्षमा १७ अर्ब रुपैयाँ बढीको सुन भित्रिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को तथ्यांकअनुसार १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँबराबरको सुन भित्रिएको छ। जसअनुसार १४ लाख किलो सुन आयात भएको छ। सुन आयातबाट सरकारले भन्सार शुल्कबाट १ अर्ब ८५ करोड ६८ लाख ६० हजार राजस्व संकलन गरेको छ।
नेपालमा सबैभन्दा धेरै सुन यूएईबाट आयात भएको छ। यूएईबाट नेपालले झन्डै १३ किलो सुन आयात गरेको छ। यसैगरी टर्कीबाट नेपालले १ किलो सुन आयात गरेको छ।
नेपालले बाँकी सुन चीन, हङकङ, कुवेत, मलेसिया, माल्टा, कतार, साउदी अरब र थाइल्यान्डबाट आयात गरेको छ।

















