काठमाडौं । मंगलबार नेप्से परिसूचक २६०४.९६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५८.५५ अंकले घटेको छ। ४ अर्ब ६२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ७८ करोड २५ लाखको कारोबार भएको छ जसमा ३९ करोड ४० लाखको खरिद भएको छ भने ३८ करोड ८४ लाखको विक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १७ करोड ५० लाखको खरिद भएको छ भने २८ करोड ९६ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।


















