IME Life New

आईएमई लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङमा सुधार, ‘ट्रिपल बी प्लस’ बाट ‘ए माइनस’ मा स्तरोन्नति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफको व्यापार र वित्तीय स्वास्थ्यमा सुधारसँगै रेटिङ सेवा प्रदायक केयर रेटिङ्गस नेपालले ‘ए माइनस’ रेटिङमा स्तरोन्नती गरेको छ। यसअघि ‘त्रिपल बी’ रेटिङ पाएकोमा पुनर्मूल्याङ्कन पछि ‘ए माइनस’ रेटिङमा स्तरोन्नती गरेको हो।

यो रेटिङ प्राप्त गर्ने संस्थाहरू नेपालमा आफ्ना वित्तीय दायीत्वहरू समयमै पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित र न्यून उधारो जोखिम भएका मानिन्छन्।

Esewa
Crest

आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको कुल आर्जित बीमाशुल्क २१ प्रतिशतले बढेर रु ५ अर्ब ७२ करोड मिलियन पुगेको छ, जसले समग्र बीमा बजारको १५ प्रतिशतको वृद्धिलाई पछि पारेको छ। त्यस्तै, चालू आर्थिक वर्ष २०८२।८३ को पहिलो ९ महिनामा कुल आर्जित बीमाशुल्क ३८ प्रतिशतले बढेर रु ५ अर्ब १६ करोड मिलियन पुगेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन नियामक निकायको न्यूनतम १.३० गुणाको प्राविधिक आवश्यकता भन्दा निकै माथि अर्थात् २.५९ गुणा पुगेको छ, जुन बीमा क्षेत्रकै उत्कृष्ट मध्ये एक हो।

यसको बीमालेख व्यतित अनुपात ९.३० प्रतिशतमा सीमित छ। साथै, खुद दाबी भुक्तानी नियन्त्रणमा रहेका कारण नोक्सानी अनुपात आर्थिक वर्ष २०८०।८१ को २५.६४ प्रतिशतबाट सुधार भई २०८१।८२ मा २०.९९ प्रतिशतमा झरेको छ। जीवन बीमा कोष चालु आर्थिक वर्षको ९ महिनामा वृद्धि भई रु १७ अर्ब १४ करोड पुगेको छ। कम्पनीको कुल लगानी आकार पनि रु २० अर्ब ७५ करोड पुगिसकेको छ।

कम्पनीको क्रेडिट रेटिङ ‘ए माइनस’ मा स्तरोन्नति हुनु बीमितहरूका लागि अत्यन्तै सकारात्मक संकेत हो। यसबाट बीमितहरूका लागि दाबी भुक्तानीको उच्च सुनिश्चितता, दीर्घकालीन सुरक्षा र न्यून जोखिम, आकर्षक बोनस दरको सम्भावना, र पुनर्बीमाको आश्वासन प्राप्त हुन्छ। कम्पनीले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीसँग पर्याप्त पुनर्बीमा गरेकोछ।

यो कम्पनीले आफ्ना सेवाहरूलाई तीब्र रूपमा डिजिटलाइजेशन गरिरहेको छ। वित्तीय रूपमा सबल कम्पनीले प्रविधिमा थप लगानी गर्ने हुँदा बीमितहरूले बीमालेख नवीकरण, दाबी प्रकृया र अन्य सेवाहरू घरमै बसेर सहजै र छिटो प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS