काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव ८३ अंकले घटेर २,५०३ को विन्दूमा कायम भएको छ । आज ९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यूनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ३ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले ग’माएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले ग’माएका ह’न् ।

















