काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ फेरि बढाएको छ।
प्रतिकेक्र अन्डाको थोक मूल्य ५० रुपैयाँले बढेको हो। योसँगै ठूलो अन्डाको थोक मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ। यो वृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ।
अन्डा उत्पादन घटेको र खपत बढेकोले अन्डाको मूल्य बढाउन परेको संघले जनाएको छ। अब प्रतिगोटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँ आसपास पुगेको छ।

















