काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । यससँगै सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा २ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।