काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो । यससँगै सुनको भाउ २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
हिजो सुन तोलामा १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज बुधबार चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। जुन सुन हालसम्मकै उच्च भई प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

















