काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
आज यी दुवैको मूल्य नयाँ उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ६ सयले बढेको हो । यससँगै सुनको भाउ २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। हिजो चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।

















