काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले पुस ७ गते, सोमबार, एक्काइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तल गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

















