काठमाडौं । रिभर फल्स पावरको हकप्रद शेयर सुरक्षित गर्ने साउन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर वितरण प्रयोजनका लागि यही साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्न अनुमति दिएको छ।
कम्पनीले कुल ७० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

















