IME Life New

एसियामा वित्तीय निर्णय लिने कार्यमा हङकङका महिलाको भूमिका सबैभन्दा बलियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरायसी वित्तीय निर्णय लिने कार्यमा हङकङका महिलाको भूमिका सबैभन्दा बलियो देखिएको छ।

सन लाइफले हालै ६ वटा एसियाली बजारमा गरेको सर्वेक्षणबाट यस्तो देखिएको हो। सर्वेक्षणले दीर्घकालीन लगानी र वित्तीय योजनाका लागि हकङकका ४५ प्रतिशत महिला निर्णयकर्ता रुपमा अगाडि देखिएका छन्।

Esewa
Crest

सन लाइफका अनुसार हङकङका दुई तिहाइ उत्तरदाता ६७ प्रतिशतले वित्तीय निर्णयहरुमा अन्तिम निर्णय लिन्छन्। तर, केवल ७ प्रतिशतले व्यावसायिक वित्तीय सल्लाह खोजेका छन्। जुन यस क्षेत्रको सबैभन्दा कम दर हो।

सर्वेक्षणले हेरचाहलाई एउटा महत्वपूर्ण वित्तीय बोझका रुपमा पनि पहिचान गर्यो। सर्वेक्षणमा सहभागी ७२ प्रतिशत महिलाले परिवारका सदस्यहरुलाई सहयोग गर्ने बोझ उनीहरुको आफ्नै वित्तीय सुरक्षा सुधार गर्न प्रमुख बाधा भएको प्रतिक्रिया दिए। सर्वेक्षणअनुसार ५८ प्रतिशत महिलाले हेरचाहले आफ्नो हेरचाह गर्ने क्षमतालाई कम गरेको बताए। जब कि ५६ प्रतिशतले भने कि यसले उनीहरुको करिअरको प्रगतिलाई असर गरेको बताए।

एसियाली बजारमा अवकाश तयारीहरु पनि असमान रहेको पत्ता लागेको छ। सन लाइफका अनुसार ६९ प्रतिशत महिला विश्वास गर्छन् उनीहरुको बचतले ७५ वर्षको उमेरसम्ममा आधारभूत खर्च पूरा गर्नेछ, तर यो आत्मविश्वास ८० वर्षको उमेरमा ५१ प्रतिशत र ९० वर्षको उमेरमा केवल ८ प्रतिशतमा झर्यो। जुन हङकङका महिलाहरुका लागि लगभग ८८ देखि ८९ वर्षको औसत उमेरभन्दा कम हो।

गत जनवरीमा गरिएको सर्वेक्षणले हङकङ, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र भियतनामका ३ हजारभन्दा बढीलाई समेटेको थियो। जसमा हङकङका लगभग ५०१ जना पनि समावेश थिए। – इन्स्योरेन्स एसिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS