काठमाडौं । नेप्सेमा हिमालयन लाइफ इनस्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको एचएलआई लार्ज क्याप फण्ड सूचिकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच ५० करोड इकाई सामूहिक लगानी कोष एचएलआई लार्ज क्याप फण्ड सूचीकरण सम्झौता भएको हो ।
सर्वसाधारण समक्ष हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको ५०,००,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।
उक्त म्युचुअल फण्ड भोलि कात्तिक १९ गतेदेखि दोस्रो बजारमा कारोवार शुरु हुनेछ ।
1762244765742
















