IME Life New

विश्वव्यापीरूपमा सेवा बिस्तारका लागि हिमालयन रि को १५ पुनर्बीमकसँग सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक, हिमालयन रिइन्स्योरेन्सले विश्वको १५ वटा कम्पनीसँग पुनर्बीमा कारोबारका लागि सहकार्य गरेको छ। रिइन्स्योरेन्सका अनुसार एशियाली र अफ्रिकी महादेश सहित विश्वका ५२ वटा देशका लागि पुनर्बीमा समर्थन प्रदान गरिएको छ।

पुनर्बीमा कारोबारको लागि स्वदेशी पुनर्बीमक नेपाल रि(नेपाल) बाहेक जिआइसी रि (भारत), केन्या रि(अफ्रिका), हनोभर रि(जर्मनी), सान्तम रि(दक्षिण अफ्रिका), सभा रि(स्लोभेनिया), इमारा (बेलायत), ट्रिग्लाभ(स्लोभेनिया), सिंगापुर रि, एडनिक(आबुदाबी), सिसा रि(अष्ट्रेलिया) , बाओ मिन(भियतनाम), न्यु इण्डिया एस्योरेन्स(भारत), बिजले(बेलायत) र पार्टनर फेयरसँग सहकार्य गरिरहेको छ।

Esewa
Crest

हिमालयन रिइन्स्योरेन्सले गत वर्षदेखि भारतीय बजारमा सीमापार पुनर्बीमकको हैसियतमा पुनर्बीमा जोखिम स्वीकार्ने स्वीकृति पाएको थियो। स्थापनाको तीन वर्षमै विश्वकै चाैथो ठूलो पुनर्बीमक, जिआइसी रि इण्डियाबाट रेट्रोसेशनमा साझेदारीको अवसर प्राप्त गर्नु ठूलो उपलब्धी भएको इन्स्योरेन्नसले उल्लेख गरेको छ। हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगार बीमा निर्देशिका अन्तर्गतको आलोपालो प्रणाली अन्तर्गत पहिलो चार वर्षका लागि बीमा कोष व्यवस्थापनको जिम्मेवारी समेत पाएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद बीमाशुल्क आम्दानी  २ अर्ब ३९ करोड छ । यसैगरी खुद नाफा ६१ करोड ६९ लाख रुपैयाँ छ । २० अर्ब जारी पूँजी रहेको यसको चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँ छ।

वित्तीय क्षमता(क्रेडिट रेटिङ)का लागि बी+ (राम्रो) र इस्युअर रेटिङ(दीर्घकालीन जारीकर्ता मूल्याङ्कन) का लागि “त्रिपलबी-(माइनस)” (राम्रो) वर्गिकरणको वैश्विक रेटिङ एजेन्सी, एएम वेष्टले पुनः पुष्टि गरेको छ। एएम वेष्टद्वारा जारी प्रेस विज्ञप्तीमा यी क्रेडिट मूल्याङ्कन(रेटिङ) प्रतिको दृष्टिकोण स्थिर रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS