IME Life New

हिमालयन लाइफद्वारा वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण गरेको छ । कम्पनीले १७औं बार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको हो ।

कम्पनीको बिर्तामोडस्थित उप(प्रादेशिक कार्यालयले स्नेहा माया घर र तारा नमस्ते बालआश्रममा दैनिक उपभोग्य वस्तुहरू दाल, तेल, चामल र छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेको कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्रले जानकारी दिए ।

Crest

कम्पनीले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।

सो अवसरमा सिनियर एजेन्सी मेनेजर खिवाराज दाहाल, एजेन्सी मेनेजर सागर रिजाल, सविता खनाल, संजीव पाण्डे, एजेन्सी हरी घिमिरे, दुर्गा राई, शाखा प्रमुख बद्री भण्डारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS