काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ९५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १६१.१३ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी २ अर्ब १६ करोड ८६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी ७७.२८ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब २० करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी ७३.३० प्रतिशतले बढेको छ।
चुक्तापुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको रिजर्भ र सरप्लसमा ६८ करोड २८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ६१.३२ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३१.०२ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.८८ रुपैयाँ थियो। पीई रेसियो ३९.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको छ।

















