काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो छब्बिसौं वार्षिक साधारण सभा कार्तिक १६ गते सोमबार गर्ने भएको छ । सभा बिहानको ११ बजे
अर्पण वैक्विट, थापागाऊँ, नयाँबानेश्वर, काठमाडौंमा गर्ने भएको हो । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको १३४ औं बैठकले सभाको मिति तय गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२ / ०८३ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने छ ।
सभाले आर्थिक वर्ष २०८३ / ०८४ को लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक तोक्ने, सञ्चालकको पारिश्रमिक घटाइएको,
बाँकी अवधिका लागि भएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।












