IME Life New

स्वास्थ्य बीमाः सहजताका नाममा तोकिएका ‘प्रथम सेवा विन्दु’ बीमितका लागि बन्यो घाँडो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितको सहजताका नाममा सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोक्दा झनै असहजता भएको छ।

प्रथम सेवा विन्दुमा गएर रिफर लिन बीमितलाई निकै कठिन भएपछि स्वास्थ्य सेवा पाउन असहजता हुँदै गएको हो। स्वास्थ्य बीमा बोर्डले हाल देशभर जम्मा ३७७ वटा सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ। अझै पनि सयौँ स्थानीय तहमा प्रथम सेवा विन्दु तोकिएको छैन। जसका कारण एउटा स्थानीय तहका बीमित लामो दूरी तय गरेर अर्को स्थानीय तहका प्रथम सेवा विन्दु पुग्ने र प्रेषण केन्द्र (रिफरल सेन्टर) तोकिएका स्वास्थ्य संस्थामा उपचार सेवा लिन रिफर माग्दा नपाएपछि रित्त फर्किनुपर्ने अवस्था सिर्जना भइरहेको छ।

Esewa
Crest

केही समयपहिले धरानका बीमितले अन्य स्थानीय तहमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि निकै विरोध भएको थियो। अहिले फेरि काठमाडौंबाट नजिक काभ्रेको बनेपा र धुलिखेलका बीमितले स्वास्थ्य सेवा लिन मुस्किल परिरहेको खबर प्राप्त भएको छ।

बनेपामा प्रथम सेवा विन्दु नतोकिएपछि बीमित धुलिखेल वा पनौती प्राथमिक स्वास्थ्य केन्द्रमा धाउनुपर्ने बाध्यता छ। तर, ती दुवै स्वास्थ्य केन्द्रले जनशक्ति नभएको भन्दै रिफर दिन नमानिरहेको बनेपाका बीमित ७५ वर्षीय उत्तम अधिकारीले गुनासो पोखे। ‘सरकारले स्वास्थ्य बीमाबाट जनता अब सहज रुपमा उपचार पाउँछन् भन्थ्यो तर झनै असहज भएको छ’, अधिकारीले गुनासो पोख्दै भने, ‘यो बुढ्यौली उमेरमा सरकारले दिएको सुविधा लिन आफ्नै पैसा खर्च गरेर कति ठाउँमा धाउनुपर्ने हो थाहा छैन।’

धुलिखेल अस्पतालमा मंगलबार स्वास्थ्य सेवा लिन पुगेका अधिकारीलाई त्यहाँ खटिएका स्वास्थ्य बीमाका कर्मचारीले प्रथम सेवा विन्दुबाट रिफर ल्याउनुपर्ने भने। उनी सुरुमा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र पुगे। तर, त्यहाँका कर्मचारीले रिफर दिने मान्छे नरहेको भन्दै अधिकारीलाई फर्काइदिए। त्यसपछि उनी फेरि पनौती प्राथमिक स्वास्थ्य केन्द्र पुगे। त्यहाँ पनि उनले त्यस्तै जबाफ पाए।

यसरी एक ठाउँबाट अर्को ठाउँ पुग्दा पनि रिफर नपाएपछि पुनः धुलिखेल अस्पतालमै आएर गुनासो पोखे। तर, अस्पतालका कर्मचारीले कुरै नसुनेपछि उनी उपचार सेवा नलिई घर फर्किए।

धुलिखेल अस्पताल अधिकारीमात्रै थुप्रै वृद्धवृद्धा बीमित उपचार सेवा नपाएर फर्किएका थिए।

सरकारले स्वास्थ्य बीमामा आबद्ध जनताले अब जुनसुकै ठाउँबाट उपचार सेवा पाउने व्यवस्था गरेको छ। तर, प्रथम सेवा विन्दु बीमितका लागि घाँडो बन्न पुगेको छ।

स्वास्थ्य बीमा बोर्डले भने ठूला र विशिष्टीकृत अस्पतालहरुमा बीमित सीधै जाँदा भीडभाड बढेकोले प्रथम सेवा विन्दु तोक्नुपरेको जनाएको छ। तर, प्रथम सेवा विन्दुमा आवश्यक स्वास्थ्य सेवा र औषधि पर्याप्तमात्र नपाउने भएकोले बीमित रिफर लिन बाध्य हुन्छन्। तर, रिफर पाउनैका लागि एउटा प्रथम सेवा विन्दुबाट अर्को प्रथम सेवा विन्दु धाउँदा पनि रित्तो हात फर्किनुपर्ने बाध्य भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS