IME Life New

स्वास्थ्य बीमाः साउनबाट यी ८ जटिल रोगका बिरामीलाई रु. २ लाखसम्मको उपचार सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई केही जटिल रोगको उपचारका लागि २ लाख रुपैयाँसम्मको सुविधा पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ८ वटा जटिल रोगका बिरामीले हाल स्वास्थ्य बीमामा पाइरहेको १ लाख रुपैयाँ उपचारमा थप १ लाख रुपैयाँ गरी २ लाख रुपैयाँसम्मको सुविधा पाउने बताएका छन्। पौडेलका अनुसार कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहात दिन सरकारले यो सुविधा बढाएको हो।

Esewa
Crest

साउन १ गतेबाट ८ प्रकारका बिरामीले सरकारको पूर्वप्रतिबद्धताअनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखसम्मको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए।

स्वास्थ्य बीमाअन्तर्गत क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने मन्त्री पौडेलले जानकारी दिए। यस विषयमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो।

बीमा बोर्डको मंगलबार बसेको बैठकले ८ वटा जटिल रोगीलाई २ लाख रुपैयाँसम्म उपचार सेवा दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS