IME Life New

स्वास्थ्य बीमा : अब बीमितले जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितले अब आफूलाई पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन्।

स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२।८३ को सुरुआत अर्थात साउन १ गतेदेखि बीमितले आफूलाई पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्ने जनाएको छ। बोर्डका अनुसार बीमा बोर्डबाट प्रथम सेवा विन्दुका रुपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

यसअघि बीमितले स्वास्थ्य बीमा गर्दाको छनौट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्था रहेको थियो। यसले गर्दा बीमितलाई नेपालभित्र कुनै पनि स्थानमा रहँदा वा बस्दा प्रथम सेवा विन्दुमा नै पुगी सेवा लिनुपर्ने प्रावधानबाट समस्या भइरहेको थियो।

यही समस्याबारे बीमितबाट निरन्तर गुनासो आएकोले सहज र सरल रुपमा बीमा सुविधा बीमितलाई प्रदान गर्न यो व्यवस्था गरिएको बीमा बोर्डले जनाएको छ।

यसअघि बीमा बोर्डले प्रथम सेवा विन्दुबाट सामुदायिक र निजी स्वास्थ्य संस्थालाई हटाउने निर्णय गरिरहेको छ। अब साउन १ गतेबाट सरकारी स्वास्थ्य संस्थामात्रै प्रथम सेवा विन्दु कायम हुने व्यवस्था बीमा बोर्डले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS