IME Life New

स्वास्थ्य बीमाः बीमितलाई नगदमै औषधि किन्न दबाब, बीमा बोर्डले दियो कडा चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई नगदमै औषधि किन्न दबाब दिने गरेको गुनासाहरु व्यापक रुपमा बाहिर आएका छन्।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई नगदमै औषधि किन्न दबाब दिइरहेको गुनासो बढेको हो। यस्ता गुनासा स्वास्थ्य बीमा बोर्डमा व्यापक रुपमा परेका छन्।

Esewa
Crest

बीमितको गुनासा बढ्न थालेपछि बीमा बोर्डले फेरि एउटा परिपत्र जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई नगदमै औषधि किन्न वा बाह्य पसलबाट औषधि ल्याउन लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘केही स्वास्थ्य संस्थाले बीमितहरुसँग बीमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीसमेत आफ्नै परिसरमा रहेको औषधि पसल वा बाह्य औषधि पसलमा नगदमै खरिद गर्न लगाएको भन्ने व्यापक गुनासा परेका छन्’, परिपत्रमा भनिएको छ, त्यस्ता कार्य नगर्न तथा गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९को उपनियम (१)को खण्ड (क)बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

यसैगरी केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई स्वास्थ्य बीमामार्फत सेवा लिन अग्रिम समय लिनुपर्ने तथा बीमितहरुप्रति भेदभावपूर्ण व्यहार गर्ने गरेको गुनासा पनि प्राप्त भएको बीमा बोर्डले जनाएको छ। ‘त्यसैले यस्ता कार्य फेरि दोहोरिएको पाइएमा सम्झौता रद्द गरिनेछ’, परिपत्रमार्फत चेतावनी दिइएको छ।

यसका साथै औषधि, औषधिजन्य सामग्री तथा सम्पूर्ण सेवाहरुको दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेटमा कम भएमा अस्पतालकै न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको र सो दाबीहरु एपीआईमार्फत बीमा व्यवस्थापन सूचना प्रणालीमा क्लेम गर्न मिल्ने भएकोले सोहीअनुसार अनिवार्य कार्य गर्न गराउन पनि बीमा बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS