IME Life New

स्वास्थ्य बीमाः जेठ १६ देखि परिमार्जित सुविधा थैलीबमोजिम सेवा प्रदान गर्न बीमा बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले भोलि जेठ १६ गतेदेखि परिमार्जित सुविधा थैलीबमोजिम सेवा प्रदान गर्न निर्देशन दिएको छ।

बोर्डले स्वास्थ्य बीमामा आबद्ध स्वास्थ्य सेवा प्रदायक संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बीमा बोर्डले हालै सुविधा थैलीमा परिमार्जन गरेको थियो। अब सोही परिमार्जित सुविधा थैलीबमोजिम जेठ १६ गतेदेखि भर्ना हुने तथा नयाँ सेवा लिने बीमितलाई सेवा प्रदान गर्न बोर्डले निर्देशन दिएको छ।

Esewa
Crest

जेठ १६ गतेभन्दा अगावैदेखि भर्ना भई सेवा लिइरहेका बीमितको हकमा भने पुरानै सुविधा थैलीअनुसार नै सेवा प्रदान गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्ता बीमितलाई डिस्चार्ज नगरी सेवा निरन्तरता कायम राख्न पनि बोर्डले आग्रह गरेको छ।

यसका साथै विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत प्रदान गरिने सेवाको दर तथा दायरा यथावत नै रहेको पनि बोर्डले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS