IME Life New

स्वास्थ्य बीमाः डिजिटल कार्डमार्फत सेवा प्रवाह गर्ने कार्य अनिवार्य कार्यान्वयन गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्डमार्फत सेवा प्रवाह गर्ने कार्यलाई अनिवार्य कार्यान्वयन गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ।

सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा बीमा बोर्डले एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बीमितको सहजताका लागि स्वास्थ्य बीमाको परिचयपत्र (बीमा कार्ड) विभिन्न कारणले आफूसँग नभएको अवस्थामा नागरिक एप, एचआईबी प्रोफाइललगायतका डिजिटल कार्यमार्फत तयार गरिएको क्यूआर कोर्ड स्क्यान गरी सेवा उपलब्ध गराउन बीमा बोर्डको २०८० फागुन २४ गतेको बैठकबाट निर्णय भई परिपत्र जारी गरिएको थियो।

Esewa
Crest

यद्यपि, अझै कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाले डिजिटल कार्ड सेवा प्रदान नगरेको भन्ने गुनासा प्राप्त भएको बीमा बोर्डले जनाएको छ। अब उप्रान्त यो व्यवस्थालाई अनिवार्य कार्यान्वयन गर्न बार्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS