IME Life New

स्वास्थ्य बीमा: दाबी उच्च अनि रुजु न्यून, बक्यौता रकम २४ अर्ब पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहे पनि दाबी र भुक्तानी प्रक्रिया भने पेचिलो बन्दै गएको छ। दैनिक ठूलो संख्या दाबी पर्ने तर भुक्तानी हुन बाँकी रकम भने चुलिँदै गएको छ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न थुप्रै स्वास्थ्य सेवा प्रदायक संस्थालाई आबद्ध गरेको छ। जनतालाई यो सेवा लिन सहज बनाउने उद्देश्यले स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसँग सम्झौता गरी बीमा बोर्डले कार्यक्रम सञ्चालन गरिरहेको छ।

Esewa
Crest

बीमा बोर्डले जारी गरेको श्वेतपत्रअनुसार हाल सेवा प्रदायक संस्थाबाट दैनिक ३०–४० हजारको हाराहारीमा दाबी पर्ने गरेको छ। ती दाबी करिब ७ करोड रुपैयाँबराबरको हुने गरेको छ। यद्यपि बीमा बोर्डसँग दैनिक रुजु गर्ने क्षमता ६–७ हजारको मात्र रहेको छ।

दाबी र रुजु क्षमताबीचको अन्तर उच्च भएकोले गत आर्थिक वर्ष २०८०।८१ कै दाबी परीक्षण अहिले पनि बाँकी रहेको श्वेतपत्रमा उल्लेख छ। गत फागुन मसान्तसम्म बोर्डमा प्राप्त भई रुजु नभएको दाबी करिब ९० लाख रहेको छ। पर्याप्त दक्ष जनशक्ति र अवलम्बन गरिएको विधि तथा प्रक्रिया आफैँमा कमजोर रहेको स्वास्थ्य बीमा बोर्ड, सेवा प्रदायक संस्था र बीमित सबै मर्कामा पर्ने गरेको श्वेतपत्रमा जनाइएको छ।

यिनै कारणले भुक्तानी हुन बाँकी रकम उच्च हुँदै गएको छ। चालु आर्थिक वर्ष २०८१।८२ को फागुनसम्म बीमा बोर्डले १६ अर्ब ४५ करोड रुपैयाँ सेवा प्रदायक संस्थालाई दाबीबापत भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको बाँकी अवधिमा थपिने दाबीसमेतलाई अनुमान गर्दा यो वर्षको अन्त्यसम्म कुल २४ अर्ब रकम भुक्तानीका लागि बाँकी हुने देखिने श्वेतपत्रमा उल्लेख छ। यसले समयमै भुक्तानी दिने क्षमता विकास गर्ने चुनौती रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS