IME Life New

स्वास्थ्य बीमा बोर्डमा ईडी नियुक्ति प्रक्रियाः सर्टलिस्टमा परे १० जना, अन्तर्वार्ताको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक (ईडी) नियुक्तिका लागि १० जनाको नाम सर्टलिस्ट गरिएको छ।

बोर्डले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेकाहरुको नाम सार्वजनिक गरेको हो। बोर्डमा कार्यकारी निर्देशकका लागि १३ जनाको दरखास्त स्वीकृत भएकोमा १० जनाको नाम सर्टलिस्ट गरिएको छ।

Esewa
Crest

सर्टलिस्टमा पर्नेहरुमा उत्तमकुमार कोइराला, गंगप्रसाद जोशी, डा प्रमोदकुमार यादव, डा मुक्तिनाथ खनाल, डा राजेन्द्रकुमार पोख्रेल, डा होमनाथ गैरे, पारस अधिकारी, बिमला भट्ट, बुद्धकाजी श्रेष्ठ र राजेन्द्र श्रेष्ठ छन्। सर्टलिस्टमा परेकाहरुलाई कार्ययोजना प्रस्तुतीकरणका लागि साउन २५ गते बिहान ८ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म डाकिएको छ। अन्तर्वार्ता भने साउन २६ गते बिहान ८ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म हुनेछ।

प्रस्तुतीकरण र अन्तर्वार्ता काठमाडौंको कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा हुनेछ। उम्मेदवारलाई कार्यालयमा आउँदा आवेदन तथा पेस गरेका सबै कागजातको सक्कलै प्रति लिएर प्रस्तुतीकरण र अन्तर्वार्तामा निर्धारित समयभन्दा १ घन्टा अगावै उपस्थित हुन बोर्डले सूचित गरेको छ।

बोर्डले गत असार ३१ गते एउटा सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको थियो।

ED_Short_List_Interview_Notice_Aug3_2026_xkf5vrp

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS