IME Life New

विज्ञहरुको सूची तयार गर्दै स्वास्थ्य बीमा बोर्ड, विज्ञताका क्षेत्र कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विज्ञहरुको सूची तयार गर्ने भएको छ। यसका लागि योग्य व्यक्तिहरुलाई आफ्नो विवरण पठाउन बोर्डले आग्रह गरेको छ।

स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास, वित्तीय व्यवस्थापन, खोज अनुसन्धानमा संलग्न भई स्वास्थ्य बीमाका सम्बन्धमा विज्ञता हासिल गरी देश–विदेशमा कार्यरत नेपाली विज्ञको विवरण संकलन तथा अध्यावधिक गरिने बोर्डले जनाएको छ। उपलब्ध विज्ञहरुको ज्ञान, अनुभव र क्षमतालाई संस्थागत रुपमा उपयोग गर्दै स्वास्थ्य बीमा प्रणालीको संरचनात्मक सुधार, प्रवर्द्धन तथा वित्तीय दिगोपना कायम गरी स्वास्थ्य बीमा बोर्डलाई थप सुदृढ बनाउने लक्ष्यका साथ यो विवरण संकलन गर्न लागिएको हो।

Esewa
Crest

विज्ञताका क्षेत्र

  • स्वास्थ्य बीमा नीति निर्माण तथा कार्यान्वयन
  • स्वास्थ्य वित्त व्यवस्थापन
  • स्वास्थ्य बीमा सञ्चालन तथा व्यवस्थापन
  • स्वास्थ्य सेवा प्रदायक भुक्तानी एवं रणनीतिक खरिद
  • दाबी व्यवस्थापन
  • एक्चुअरियल विश्लेषण, लागत अनुमान र शुल्क निर्धारण
  • स्वास्थ्य अर्थशास्त्र, वित्तीय जोखिम न्यूनीकरण तथा लगानी विश्लेषण
  • डिजिटल स्वास्थ्य/सूचना प्रणाली तथा एआई/एमएल
  • स्वास्थ्य बीमा अध्ययन, अनुसन्धान, अनुगमन तथा मूल्यांकन
  • स्वास्थ्य बीमा सम्बन्धी कानूनी तथा नियामक व्यवस्था
  • क्षमता अभिवृद्धि, तालिम र सञ्चार

विज्ञको सूचीमा आबद्ध हुन चाहनेले उल्लेखित क्षेत्रमा कम्पनीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने बोर्डले जनाएको छ। जनस्वास्थ्य, स्वास्थ्य अर्थशास्त्र, एक्चुअरी विज्ञान, स्वास्थ्य नीति, चिकित्सा विज्ञान, सूचना प्रविधि, जनप्रशासन, कानुन वा सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने बोर्डले मापदण्ड तय गरेको छ।

बोर्डका अनुसार स्वास्थ्य बीमाको क्षेत्रमा सकारात्मक योगदान गर्दै आएका व्यक्तिलाई पनि विज्ञको सूचीमा आबद्ध गरिनेछ।

इच्छुक व्यक्तिले बोर्डको वेबसाइटको सम्पर्क गर्नुहोस् भित्र रहेको विज्ञ सूची (रोस्टर) पोर्टलबाट अथवा [email protected] मा व्यक्तिगत विवरण (सीभी) पठाउन बोर्डले आग्रह गरेको छ। प्राप्त विवरण बोर्डको वेबसाइटमा अद्यावधिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS