काठमाडौं । ह्याविट्याट पावरले आज असार २५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा दिनको ९ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले जारी पूँजी बृद्धि गर्ने, प्रबन्ध पत्रको दफा ६ (ख) र (ग) संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने सर्वसाधारण तथा स्थानियका लागि आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

















