काठमाडौं । इन्स्योरेन्स क्षेत्रमा लागेको छोटो समयमै बीमा बजारमा आफ्नो नाम कमाउन सफल व्यक्ति हुन्, गोविन्द पोखरेल (पहाडी)। उनको आफ्नै इम्पेरियल डेकोरेसन व्यवसाय छ। आफ्नो व्यवसायसँगै बीमा अभिकर्ता बनेर उनी फुर्सदको समयमा बीमा सचेतना फैलाउँदै हिँड्ने गर्छन्।
गोविन्द सिटिजन लाइफको बोनेश्वर शाखाका एजेन्सी म्यानेजरको भूमिकामा छन्। उनले सिटिजन लाइफको प्रतिनिधित्व गर्दै बीमा बजारमा इन्स्योरेन्स शिक्षा र चेतनाको ज्ञान बाँड्ने काम गर्दछन्। उनले बीमामा सबैको पहुँच विस्तारका लागि समय निकालेर भए पनि आफ्नो समाजका साथै विभिन्न ठाउँमा बीमा शिक्षा अभियान लिएर हिँडेका छन्।
२०४५ सालमा सिन्धुलीको तीनपाटन गाउँपालिकामा जन्मिएका गोविन्दको हाल बसोबास भने भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको छ। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्। मध्यम वर्गीय परिवारमा हुर्किएका गोविन्दको बाल्यकाल भने सामान्य नै रह्यो। सानैबाट दुःख र संघर्षलाई झेल्दै पढ्नुपर्यो। सानैबाट मेहनतमा भिजेका गोविन्द अहिले पनि मेहनत गर्ने ऊर्जा कम भएको छैन।
गोविन्दले प्लस टुसम्मको अध्ययन भने सिराहा जिल्लाबाट पूरा गरे। त्यसपछि सुनौलो भविष्यको खोजीमा उनी सपनाको संसार काठमाडौं पसे। काठमाडौं आएर पनि सहज वातावरण त उनका लागि पक्कै थिएन। संघर्ष गर्दै उनले स्नातक गरे।
त्यसपछि गाविन्दले आफ्नै व्यवसाय गर्ने उद्देश्यले इम्पेरियल डेकोरेसनसम्बन्धी काम गर्न थाले। उनी अहिले पनि यस व्यवसायमा संलग्न नै छन्। उनी अहिले डेकोरेसन व्यवसायीमात्रै नभएर बीमा क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले मानिसहरुको जीवन बीमा गराई सुरक्षित रहन र राख्न सबैलाई सचेत गर्दै बीमा गराउँदै हिँड्ने गरेका छन्।
यसरी जोडिए बीमामा
गोविन्द आफूले चिनेको भाइ अरुण आचार्यमार्फत बीमा क्षेत्रमा जोडिए। गोविन्दका चिनजानको भाइले ‘तपाइँ व्यवासायी भएको नाताले पनि यो पेसामा सबैले विश्वास गर्छन्। बीमा शिक्षा दिएर बीमा गराउनुस् बीमा अभिकर्ता पेसा एकदमै राम्रो पेसा हो। अरुको जीवन सुरक्षा र जोखिम कभरका लागि अरुलाई सचेत गराउने पेसा पुन्यको पेसा पनि हो। तपाइँले पार्ट टाइमका रुपमा पनि गर्न सकिने यो पेसा धेरै राम्रो छ’ भने। त्यसपछि गोविन्दलाई ‘के गर्ने–गर्ने होला र यो पेसा राम्रो छ, गर्न सक्छु र ?’ भन्ने लागेको थियो। पछि ती भाइको कुरालाई स्वीकार गरी उनले २०८० सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थाले।
लाइसेन्स लिएपछि गोविन्दले पहिलो बीमा आफ्नै जीवनसाथीको गराए। त्यसपछि उनले साथीभाइ सर्कल, परिवार र आफ्न्तमा बीमा गराउँदै गए। सबैको मन जित्न पनि सफल भए। बीमा अभिकर्ता यति राम्रो पेसा होला भन्ने उनलाई लागेको थिएन। तर, बीमा क्षेत्रले सफलता दिँदै गएपछि उनलाई यो पेसा उत्कृष्ट लाग्यो।
सुरु–सुरुमा अभिकर्ता पेसामा धेरै गाह्रो भएको अनुभव सुनाउँदै गोविन्दले भने, ‘पहिला पहिला यो पेसामा प्रवेश गर्दा गाह्रो भएको थियो। बीमा बुझाउन पनि गाह्रो भएको थियो। तर, पछि मैलेले पनि बीमा के रहेछ भनेर बुझ्दै गए पनि बीमा गराउँदै जाने क्रममा मलाई सहज हुँदै गयो। अहिले पो पेसाबाट धेरै खुसी छु।’
गोविन्द यो पेसा उत्कृष्ट लागेको बताउँछन्। ‘सबै पेसा राम्रो हुन्छ। सबै पेसामा विश्वासिलो भएर सकारात्मक सन्देश दिएर काम गर्यो भने सबैबाट सफलता पाइन्छ’, उनले भने, ‘जुन पेसामा मान्छले लगनशील भएर गर्छ, त्यो पेसा नै उसलाई राम्रो लाग्छ। मैले आफ्नो व्यवसाय पनि सञ्चालन गरेको छु। अभिकर्ताका रुपमा पनि गर्छु भने मलाई दुवै पेसा राम्रो छ तर बीमा अभिकर्ता पेसा चाहिँ समय भएको बेला पार्टटाइम गर्न सकिने हुनाले अझै उत्कृष्ट छ। मलाई त सुनमा सुगन्ध मिलेको जस्तै भएको छ।’
पहिलाभन्दा बीमा सबैले बुझेको गोविन्दको भनाइ छ। ‘बीमा अभिकर्ता पेसा भनेको पुन्यको पेसा हो। अरुलाई आफूले बोल्देको भरमा बचत गर्छन्। जीवनको सुरक्षा गर्छन् भने त्यो धर्मको काम हो’, उनले भने, ‘त्यसकारण अरुलाई पनि राम्रो र आफूलाई पनि राम्रो हुने भएकाले म यो पेसाप्रति आकर्षित भएँ।’
गोविन्दले बीमा क्षेत्रमा लागेको २ वर्षभित्रमै एक बीमितको क्लेम सेटलमेन्ट गरेका छन्। ‘कम्पनीले पनि त्यो दाबी भुक्तानीलाई सहज रुपमा भुक्तानी गरिदियो’, उनले भने, ‘बीमा गराएपछि बीमितलाई दाबी भुक्तानी दिँदा धेरै खुसी लाग्ने रहेछ। मलाई यो क्लेम दिन पाउँदा धेरै खुसी लाग्यो। बीमाले त दुःखमा साथ दिँदो रहेछ भन्ने भावना झन उजागर भएर आयो। मलाई यस क्लेम दिनाले पनि बीमा त अझै सबैको गराउनुपर्छ भन्ने हौसला मिल्यो।’
बीमा सबैका लागि अपरिहार्य रहेको गोविन्दको भनाइ छ। ‘आजको जस्तो समय भोलि नहुन सक्छ। मानिसको जीवन सधैँ एकैनास हुँदैन। भोलिका लागि बीमा गर्नुपर्छ। बूढेसकालको सहारा, आपत–विपदको साथी भनेको नै बीमा हो। जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गर्दछ। त्यसकारण अहिले आफू कमाउने हुँदा नै बीमा गर्नुपर्छ’, उनले भने।
स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा गोविन्द विश्वस्त छन्। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने गोविन्दको भोगाइ छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुनसक्ने उनको अनुभव छ। यो पेसामा आफूले जति मेहनत गर्न सक्यो त्यति आम्दानी हुने उनको भनाइ छ।
समयसीमा नहुने चाहेजति आम्दानी गर्न सकिने पेसा भएकाले यो पेसामा इमान्दार भएर काम गर्नेले सफलता पाउने गोविन्दको धारणा छ। मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्ने उनको धारणा छ।
अभिकर्ता पेसामा आउने नवप्रवेशीलाई के सुभाब दिनुहुन्छ भन्ने प्रश्नमा गोविन्दले भने, ‘बीमा निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो छ। मेहनत गरे समयभन्दा अगाडि नै परिपक्क बनाउने पेसा हो। आर्थिक रुपमा सबल हुने भएकाले यो धेरै राम्रो छ। पार्टटाइमका रुपमा पनि अँगाल्न सकिने भएकोले यो धेरै उत्तम पेसा छ।’
गोविन्दले सिटिजन लाइफबाट सिल्भर क्लबअन्तर्गतको अवार्ड पाएका छन्।